Incident Reports

सांसद रावलको घरमा ढुंगा प्रहार

2021-04-15

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं, वैशाख २ :

एमाले सांसद झपट रावलले आफू बसको घरमा बुधबार ढुंगा प्रहार भएको बताएका छन्।राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा बोल्दै सांसद रावलले गएराति १२ बजे आफू बस्ने घरमा पटक-पटक ढुंगा हानिएको बताए। आफूले १०० मा फोन गरेर जानकारी गराउँदा समेत कुनै कारबाही नभएको बताए।

'शान्तिनगरस्थित म बस्ने घरमा ५–१० मिनेटको अन्तरालमा ढुंगा हानिएको थियो। १०० मा फोन गर्दा नि उठेन उनले भने,’ ‘हनुमानढोकाका सुरक्षाकर्मीलाई फोन गरेपछि मात्रै ३५ मिनेटमा प्रहरी आइपुगे।’

सुरक्षा निकायले तत्काल चासो नदेखाएकोबारे गृहमन्त्रीलाई उनले ध्यानाकर्षण गराएका छन्।

रावल कैलालीबाट निर्वाचित सांसद हुन्। एमालेभित्रको अन्तरसंघर्षमा उनी वरिष्ठ नेता माधव नेपालको पक्षमा छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Other
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports