Incident Reports

भक्तपुरको गाई फार्ममा एक युवकको हत्या

2021-04-15

Bagmati, Bhaktapur, Suryabinayak, Ward 8

२ वैशाख, काठमाडौं ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा रहेको एक गाईफार्ममा खुकुरी प्रहारी गरी युवकको हत्या भएको छ । सोलुखुम्बु घर भइ मनोहराको सुकुम्बासी वस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हत्या भएको हो ।

भक्तपुर प्रहरीका डीएसपी दीपक गिरीका अनुसार हत्यामा संलग्न काठमाडौंको गोठाटार घर भइ सूर्यविनायक बस्ने २० वर्षीय आशिष खुलाल पक्राउ परेका छन् ।

‘बिहीबार ४ बजेतिर हत्या भएको सूचना आएलगत्तै जगातीबाट डीएसपी राजेश थापा नेतृत्वको टोली पुगेर उनलाई तत्कालै नियन्त्रणमा लिएको थियो’, गिरीले भने, ‘सोधपुछका क्रममा खुलालले सामान्य विवादमा खुकुरी प्रहार गरेको खुलेको छ ।’

विवादको विषयमा विस्तृतमा खुलिनसकेको उनले बताए । उनका अनुसार खुकुरी प्रहार हुँदा युनिस योञ्जन र सुनिल बल पनि सँगै थिए, तर राईलाई खुकुरी हानेलगत्तै झ्यालबाट भागेका थिए ।

थप अनुसन्धान जारी रहेको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports