Incident Reports

विद्यार्थी सङ्गठनबीच भएको झडपमा दुई जना विद्यार्थी घाइते

2021-04-16

Bagmati, Chitawan, Bharatpur, Ward 16

भरतपुर महानगरपालिका–१६ स्थित रामपुर कृषि क्याम्पसमा वैशाख ३ गते दुई विद्यार्थी सङ्गठनबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।

क्याम्पसमा नयाँ विद्यार्थी भर्नासम्बन्धी विषयमा विवाद हुँदा अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी सङघबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार अखिल क्रान्तिकारीका विद्यार्थीको आक्रमणबाट नेपाल विद्यार्थी सङ्घका २३ वर्षीय दिपेश बानियाँ र २४ वर्षीय खेमराज उपाध्याय गम्भीर घाइते भएका छन् ।

क्याम्पसकै छात्रावासमा बस्तै आएका घाइते दुवै जनाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेहरूको अवस्था गम्भीर भएकाले केही दिन उपचारमा समय लाग्ने चितवन मेडिकल कलेजका डाक्टर दयाराम शर्माले बताउनुभयो ।

घटनाको सम्बन्धमा उजुरी नपरे पनि अनुशन्धान भइरहेको एसपी अधिकारीले बताउनुभयो ।

दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Unclear
Weapons Unclear
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 10
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
INSEC

0 Comments