Incident Reports

तन्त्रमन्त्रको नाममा महिलाको हत्या, शरीरको अंग बेच्ने संगठित गिरोह पक्राउ

2021-03-26

Lumbini, Rupandehi, Lumbini Sanskritik, Ward 5

तन्त्रमन्त्रका लागि महिलाको हत्या गरी शरीरको अंग बेच्ने संगठित गिरोह कपिलवस्तुमा पक्राउ परेका छन्। गत चैत १२ गते रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–५ मनहरपुर बुन्डतपुरस्थित माइतीघरमा बस्दै आएकी ४२ वर्षीया सरजाह दर्जीको हत्या गरिएको थियो। हत्यापछि शवलाई सुद्धोदन गाउँपालिको बेतिया नदीमा बोरामा बाधेर फालेका थिए। हत्याको आरोपमा ५ जना अभियुक्त पक्राउ परेका छन्।

पक्राउ परेका ५ जना ओरोपीहरुलाई प्रहरीले तौलिहवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सुद्धोदन गाउँपालिकाका अब्दुल कलाम मुसलमान, बेलाल अहमद मुसलमान, सुद्धोदन गाउँपालिका–५ शिवलवाका कृष्ण कुर्मी, राम हरव यादव, सैनामैना नगरपालिका–१ बनकट्टाका खेमबहादुर मल्ल, बुटवल नगरपालिका–९ शिबनगरका खेमबहादुर मल्ल रहेका छन्। प्रहरी उपरीक्षक नवराज अधिकारीले पक्राउ परेकाहरु माथि संगठित अपराध, कर्तब्य ज्यान र मानव बेचबिखन तथा ओसारपसार कसुरमा मुद्दा चलाई घटनाको अनुसन्धान जारी रहेको बताएका छन्।

मानिसको औलाहरु लाखौ मूल्यमा बिक्री हुने गरेको भन्ने हल्लाको आधारमा उनीहरुले महिलाको हत्या गरी औलाहरु काटेर शवलाई बोरामा चारवटा ढुंगा बाँधेर नदीमा मिल्काएका थिए। ‘मानिसको प्रति औलाहरु ७०/८० लाखमा बिक्री हुन्छ भन्ने हल्लाको भरमा ती महिलाको हत्या गरिएको हो’, प्रहरी उपरीक्षक अधिकारीले भने, ‘सोही बमोजिम योजनाबद्धरुपमा हत्या गरी औलाहरु काटेर शवलाई नदीमा मिल्काइएको थियो।’

गत चैत १२ गते साँझ ८ बजे महिलालाई अब्दुल मुसलमान र बेलाल मुसलमानले फोन गरेर ललाई फकाई सुद्धोदन गाउँपालिका–३ हर्दिहवामा बोलाएका थिए। ती महिलाको ती दुई जनाले राति १० बजे घाटी थिचेर हत्या गरी शव सुद्धोदन गाउँपालिका–६ बेती नदीमा फोलेका थिए। हत्यापछि महिलाको औलाहरु काटेर बिभिन्न व्यक्तिहरुलाई बेचिएको प्रहरी उपरीक्षक अधिकारीले बताए। पक्राउ परेका कृष्ण कुर्मीले २ वटा औला राम हरक यादव र २ वटा औला कर्णबहादुर सुनारलाई दिएका थिए।

औलाहरु बिक्रीका लागि बिभिन्न व्यक्तिहरुलाई दिइएको पाइएको अधिकारीले बताए। तन्त्रमन्त्रको नाममा पैसाको लोभमा परी अनाहकमा महिलाको हत्या गरिएको उनले बताए। घटनाको अनुसन्धान भईरहेको र अन्य आरोपीहरुको समेत खोजी कार्य जारी रहेको उनले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports