Incident Reports

श्रीमतीलाई घाइते बनाई श्रीमानद्वारा आत्महत्या

2021-04-05

Province 1, Jhapa, Gauriganj, Ward 5

गौरीगञ्ज (प्रस)।

गौरीगञ्ज ५ स्थित बालुगाउँमा श्रीमतीलाई घाइते बनाई श्रीमानले आत्महत्या गरेका छन् । सोमबार राति ३० बर्षिय मोहनदेव भनिने जगतबहादुर ताजपुरियाले आफ्नै घरको शौचालय जाने बाटोमा रहेको कटेरोमा झुण्डिएर आत्महत्या गरेका हुन् । राति २६ वर्षिया श्रीमती राजकुमारी ताजपुरियासँग झगडा भएको र झगडाकै | क्रममा उनले धारिलो हतियारले रोपेका थिए ।

श्रीमती रक्ताम्य भएपछि उनलाई परिवारका सदस्य र छिमेकीले उपचारका | लागि लगेपछि जगतबहादुरले झुण्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन् । श्रीमती राजकुमारीको हात पाखुरा तथा पेटमा गहिरो चोट लागेको र उनको दमकमा उपचार संभव नभएपछि विराटनगर स्थित विराट नर्सिङ होमको सघन कक्षमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीले बताए । जगतबहादुरको लाशलाई राति नै पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Suicide
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Jhapa

0 Comments