Incident Reports

उद्धार गरिएका बालबालिका खोज्दै अभिभावक सदरमुकाममा l

2014-07-06

Gandaki, Lamjung, Kwholasothar

Krishna Prasad Adhikari लमजुङ । ०७१ असार २१ गते कास्की प्रहरीले उद्धार गरेका १५ जना बालबालिकालाई खोज्दै लमजुङको सिङ्दीका अभिभावक सदरमुकाम बेसीशहर आईपुगेका छन् । कास्कीको डाँडाकोनाक प्रहरी चौकीले उद्धार गरी बालहेल्पलाईन कास्कीमा बुझाएका बालबालिकालाई असार २० गते लमजुङमा ल्याइएको थियो । लमजुङमा बालकल्याण समितिमा ल्याइएका बालबालिकालाई संस्थाको संरक्षणमा सदरमुकाम बेसीशहरमा राखिएको छ । उनीहरूलाई खान र बस्नको व्यवस्था बालकल्याण समितिले गरेको छ । अभिभावकविनै भारत जाँदै गरेका लमजुङको पसगाउँ गाविसको सिङ्दी गाउँका १५ जना बालबालिकालाई प्रहरीले उद्धार गरेको थियो । पढ्न भन्दै भारत जान हिँडेका उनीहरूलाई कास्कीको लेखनाथस्थित डाँडाकोनाक प्रहरी चौकीको चेकजाँच टालीले उद्धार असार १९ गते राती उद्धार गरेको थियो । त्यसपछि लमजुङ ल्याइएका बालबालिकाका अभिभावकलाई खबर गरिएकोमा अभिभावकहरू सदरमुकाम आईपुगेका छन् । उनीहरूले आफ्ना बालबालिकालाई जहाँ पढाए पनि आफ्नो खुसी भएको बताएका छन् । उनीहरूले पढाउन नसकेपछि निःशुल्क पढाउने ठाउँमा बुझाएको बताएका छन् । राम्रै उद्देश्यका लागि भए पनि बाल बालिकालाई संरक्षक विना नै भारत पठाउनु असुरक्षित र कानुन विपरीत भएको सरोकारवालाहरूले बताएका छन् । उनीहरूले पढ्ने भनिएका विद्यालय र सम्बन्धित संस्थाहरूसँग सम्पर्क गरेर यथार्थ बुझ्ने प्रयास भइरहेको उनीहरूको भनाई छ । जिल्ला बाल कल्याण समितिले भने भारतमा कुनै स्वार्थका लागि बालबालिकालाई प्रयोग गरिएको हुन सक्ने आशंका गरेको छ । यसका लागि अनुसन्धान भईरहेको जिल्ला बालकल्याण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । 'एस्सेम्ब्ली अफ गड' नामक संस्था मार्फत भारतको उत्तरप्रदेशस्थित गान्डामा रहेको मिसन विद्यालयमा अध्ययन गर्ने गरेको बालबालिकाहरूले बताएका छन् । ५ बर्षदेखि १६ बर्षउमेरका बालबालिकाहरूलाई सिङ्दी स्थायी घर भई हाल गाण्डामा रहेको मिसन स्कूलका शिक्षक जोएप्रसाद गुरुङको सम्पर्कमा भारत पठाईएको अभिभावकहरूले बताएका छन् । ५ वर्षदेखि १६ वर्ष उमेरका साना बालबालिका अभिभावक र संरक्षक विना नै भारत प्रस्थान गर्नु नै शंकास्पद रहेको लमजुङका बाल अधिकार अधिकृत नविनचन्द्र घिमिरले बताए । कृष्णप्रसाद अधिकारी

0 Comments