Incident Reports

मानव बेचबिखन र ओसारपसारमा संलग्न एक पक्राउ

0001-01-01

Bagmati, Chitawan, Rapti, Ward 4

चितवन ।

एक रेस्टुरेन्ट सञ्चालकले महिलालाइ देह-व्यापारमा लगाएकाे आराेपमा पक्राउ गरिएकाे छ ।मकवानपुरकाे हेटौंडा- ४ घर भइ हाल चितवनकाे राप्ती- ४ मा रेष्टुरेन्ट संचालन गरी बसेका ४० वर्षीय कुमार गौतम पक्राउ परेका हुन् । उनले नजिकै रेष्टुरेन्टमा वेटरको रुपमा काम गर्न बसेका तीन जना महिलाहरुलाई निजहरुको ईच्छा बिपरित दबाव दिइ, करकापमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सुचनाको आधारमा पक्रारिएकाे प्रहरीले जनाएकाे छ ।

उनीमाथि प्रारम्भिक अनुसन्धान गर्दा निजले निश्चित रकम समेत लिएर वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएकाे चितवन प्रहरीकाे दाबी छ । हाल उनलाई मानव बेचविखन तथा ओसारपसार कसूरमा सम्मानित चितवन जिल्ला अदालतबाट ७ को म्याद लएर हिरासतमा राखिएकाे छ ।

National/Online Media

0 Comments