Incident Reports

एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन भन्दै प्रदर्शन

2021-04-19

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौँ – विभिन्न २२ राजनीतिक दलहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्।

एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिने उद्देश्यले विभिन्न २२ वटा राजनीतिक दलहरुले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागिहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘एमसीसी परियोजना खारेज गर’ लगायतका नारा लगाएका थिए ।

यस्तै प्रदर्शनकारीहरुले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौं’, ‘एमसीसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं’, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायत लेखिएका पम्पलेट पनि बोकेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments