Incident Reports

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

2021-04-20

Gandaki, Nawalparasi East, Kawasoti, Ward 2

२१ वर्षीया युवतीलाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले कावासोती नपा–२ लोकनाथ पोख्ररेललाई गिरफ्तार गरेको छ ।कावासोती नपा–२ स्थित एक होटलमा यौन व्यवसाय सञ्चालन हुँदै आएको सूचनाका आधारमा प्रहरीले वैशाख ४ गते होटलमा छापा मारेर आरोपितलाई गिरफ्तार गरेको थियो ।

पीडितलाई आरोपितले सुरुमा आफूले सञ्चालन गरेको होटलमा सहयोगीको रुपमा काममा राखेको र केही समयपछि दबाब दिएर जबरजस्ती यौन कार्यमा लगाइ पैसा असुल्ने गरेको आरोपमा पीडितले आरोपितविरुद्ध वैशाख ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको  जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

आरोपितविरुद्ध नवलपुर जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसार पोसार शीर्षकमा म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको र पीडितलाई आफन्तको जिम्मा लगाइएको  डिएसपी गिरीले जानकारी दिनुभयो ।

तिर्थराज डुम्रे

0 Comments