Incident Reports

करणी आरोपमा पासवान पक्राउ

2021-03-12

Madhes, Bara, Jitpur Simara, Ward 10

एक किशोरीलाई प्रलोभनमा पारी करणी गरी गर्भ बोकाएको आरोपमा एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० निवासी ३० वर्षीय रमेश हजरा पासवानलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो। पासवानले १७ वर्षीय किशोरीलाई विवाह गर्छ भनी होटेलमा लगेर पटक-पटक करणी गरी गर्भ बोकाएको आरोप छ ।

घटनाको बारेमा किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि पासवानलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।२८ गते पक्राउ परेका पासवानलाई प्रहरीले आइतबार जिल्ला अदालत पर्साबाट म्याद थप गराई अनुसन्धान अघि बढाईएको उनले जानकारी दिए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Bara

0 Comments