Incident Reports

घरमा बुवा-आमा नभएको बेला सात वर्षीया बालिकामाथि बलात्कार

2021-04-19

Madhes, Parsa, Birgunj

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्साबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२४ का ३६ वर्षीय प्रमोद सर्राफ छन्। सोमबार तीन छोराछोरीलाई छोडेर काममा गएको बेलामा बालिकालाई बलात्कार गरेको भन्दै आमाले उनीविरूद्ध जाहेरी दिएकी थिइन्।

सो जाहेरीका आधारमा सर्राफलाई मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।खनालका अनुसार बालिकाका आमा-बुवा काममा गएका थिए। डेरामा फर्केर आउँदा मध्यान्ह छोरीलाई बलात्कृत अवस्थामा फेला पारेका थिए।बालिकाले सर्राफले आफ्नै घरमा लगेर १० रुपैयाँ दिएर फकाई जबरजस्ती करणी गरेको बताएकी छिन्।सर्राफलाई हिरासतमा लिई अनुसन्धान थालिएको छ। बालिकाको स्वास्थ्य परीक्षण गरेर प्राथमिक उपचारपछि आफन्तको जिम्मा लगाइएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments