Shekhar Dhakal
सुनसरी । ०७१ असार २० गते
बाटो हिडिरहेका महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तीन जना सैनिक जवान सहित पाँच जनालाई असार १९ गते राति इलाका प्रहरी कार्यालय इटहरीले गिरफ्तार गरेको छ ।
नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीमा कार्यरत सैनिक जवानहरु २७ वर्षीय परमेश्वर राजवंशी, २६ वर्षीय चन्द्रबहादुर तामाङ र प्रदीप तामाङ साथै छप्कैया गाविस-७ पर्साका १८ वर्षीय राजन उपाध्याय र सोही ठाउँका १६ वर्षीय मोहमद हुसैनलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विनोद शर्माले जनाए ।
उनीहरुले सादा पोसाकमा ड्युटीमा रहेका दुईजना महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । गिरफ्तार सैनिक जवानलाई कारबाहीका लागि नेपाली सेनाको पूर्वी पृतनामा बुझाइएको र अनुसन्धानपछि अरु दुई जना विरुद्ध मुद्दा चलाईने प्रहरीले जनाएको छ ।
शेखर ढकाल