Incident Reports

न्यायको माग गर्दै जुलुस प्रदर्शन

2021-04-19

Province 1, Sunsari, Duhabi

दुहबी : दुहबीमा संयुक्त पीडित घाइते न्याय संघर्ष समिति दुहबी वडा नम्बर ९ र बुढीगंगा वडा नम्बर ४ का स्थानीयहरुले सोमबार जुलुस प्रदर्शन गरेका छन् ।

जुलुसमा सयौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले झुटा मुद्दा खारेज गर, दोषीलाई कार्वाही गर, सामाजिक सद्भाव कायम राखौं लगायतका प्ले कार्ड बोकी दुहबी बजार परिक्रमा गर्दै इलाका प्रहरी कार्यालय दुहबी अगाडि नारावाजी गरेका थिए ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ का सभापति मेंहदी हुसेनलाई झुटा मुद्दामा फसाइएको भन्दै नेपाली कांग्रेसका नेता कार्यकर्तासहित प्रदर्शनमा बाक्लो सहभागिता देखिएको थियो ।

सो प्रदर्शनको कोणसभामा नेपाल कांग्रेस महासमिति सदस्य अबदुल मियाँले मेंहदी हुसेन लगायतमाथि झुटा मुद्दा लगाएको भन्दै सो मुद्दा यथाशीघ्र खारेजको माग गरेका थिए ।

अर्का वक्ता थारु विद्यार्थी समाज केन्द्रका पूर्व अध्यक्ष रमेशकुमार चौधरीले पीडितले न्याय पाउनु पर्ने, झुटा मुद्दा खारेज गर्नुपर्ने भन्दै धार्मिक सदभाव कायम गर्नु पर्ने दोषीलाई तत्काल पक्राउ गरी कार्वाहीको मागसमेत गरेका थिए ।

त्यसैगरी नेपाली काग्रेस सुनसरी जिल्ला सदस्य दीपक ढकालले क्षेत्रीय सभापति मेहदी हुसेनलगायत नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि लगाएको झुटा मुद्दा प्रहरीले खारेज नगरे नेपाली कांग्रेस आन्दोलनमा जाने चेतावनी दिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments