Incident Reports

एमाले नुवाकोट कार्यालयमा तनाव

2021-04-22

Bagmati, Nuwakot, Bidur

 नेकपा एमाले भित्रको विवादका कारण नुवाकोट पार्टी कार्यालयमा तनाव देखिएको छ । माधवकुमार नेपाल समूहका नेताहरुले बोलाएको बैठक अर्को समूहले रोक्न खोजेपछि तनाव बढेको हो ।

केपी शर्मा ओली पक्षले पार्टी कार्यालयमा बैठक नराख्न भन्दै ताला लगाएको थियो । तर, माधव समूहले ताला फुटाएर बैठक शुरु गरेका थिए । यसपछि पार्टी कार्यालयमा सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए । ‘एमाले केन्द्रकै विवाद यहाँ देखियो । सुरक्षाका लागि प्रहरी पठाइएको छ’, उनले भने ।

नुवाकोटमा माधव नेपाल समूहको बहुमत छ । जिल्ला पार्टी अध्यक्ष एवम् सांसद नारायण खतिवडा माधव समूहकै नेता हुन् । उनकै नेतृत्वमा त्यहाँ केहीबेर बैठक समेत बस्यो ।

तर, प्रहरीले बैठक रोक्न दबाव दिए पछि भने उनीहरु कार्यालयबाट बाहिरिएका छन् । प्रहरीले बैठक नराख्न दबाव बढाए पछि यो समूहका नेता तथा कार्यकर्ता आक्रोशित बनेका छन् । ‘हाम्रो बैठक बस्ने वा नबस्ने भन्ने कुरा प्रहरीले भन्ने होइन । तर, दबाव बढाइए पछि हामी बाहिरिएका छौं’, जिल्ला सदस्य उषाकिरण तिम्सिनाले भनिन् ।

प्रहरीले भने कार्यालय भित्र चलिरहँदा अर्को समूहले कार्यालय घेराउ गर्न थालेकाले बैठक रोक्न आग्रह गरेको बताएको छ । ‘बैठकमा घेराबन्दी गर्न थालिए पछि दुवै पक्षलाई छलफल गरेर आउनु भनेका छौं’ नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीले भने ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments