Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-04-20

Bagmati, Bhaktapur, Suryabinayak

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुर वेदकोटगढी नगरपालिका–१ घरभई सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडास्थित जीप लाइन कम्पनीमा कार्यरत कर्मचारी २७ वर्षीय गोविन्द अवस्थीलाई प्रहरीले ०७७ वैशाख ९ गते गिरफ्तार गरेको छ ।

विद्यालयको पढाई सकेर घर फर्कदै  गर्दा वैशाख ७ गते सँझ हात तानेर जबरजस्ती कम्पनीमा लगेर बलात्कार प्रयास गरेको भन्दै पीडित बालिकाले आरोपित अवस्थीविरुद्ध वैशाख ८ गते महानगरीय प्रहरी वृत्त जगातीमा उजुरी दिएकी थिइन् ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा सहित बालअधिकारकर्मीहरूको रोहबरमा प्रहरीले अवस्थीलाई कम्पनीबाटै गिरफ्तार गरेको महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी इन्स्पेक्टर विष्णुहरि फुयाँलले जानकारी दिनुभयो ।

अवस्थीलाई गिरफ्तार गरी बालिका यौन दुर्व्यवहारको अभियोगमा कारबाही अगाडि बढाएको इन्स्पेक्टर फुयाँलले बताउनुभयो ।

रमेश गिरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments