Incident Reports

गाउँकै युवा समुहले कुटपिट गर्दै लुटे,प्रहरीमा दिएको मुदा समाजमै मिलाउन दबाब

2021-04-15

सिरहा । लुटपाट सहित दुव्र्यवहारमा परेकी राजोखरकी एक पीडित महिला भन्छिन,समाजिक न्याय त के भन्नु सुरक्षा दिने प्रहरी निकाय पनि न्याय दिन मौन छन । बैशाख २ गते मंगलबारको दिन थियो । रातको पौने नौ बजिरहेको थियो । खाना खाएर सुत्न गइरहेकी थिए ।

गाउँकै मातेको एक युबाहरुको समूह मेरो घरमा प्रवेश गरे । उनिहरु मेरो ससुरा,सासूलाई कुटपिट गर्दै म सुतिरहेकी बेला मेरो हात तानतुन गर्दै घरमा रहेको दराज तोड्दै नगाद सहित गरगहनाका समानहरु लुटेर लगेको बताइन् । उनले भनिन,एक महिना बिहेको नभएको छ । माइतिबाट बिहेमा दिएको सबै गरगहना लुटेर लेगनुको साथै आफू दुव्र्यवहारमा पनि परेको तिनले बताइन।

आफ्नै गाउँकै एक युबा लुटेराहरुको समुहले लुटेर लगेको चिनी सकेपछि ससुरा जसलाल यादवले जिल्ला प्रहरी सिरहामा लुटपिट डाँका मुदा समेत दरखास्त गरे । तर दर्खास्त गरेको केही दिन बितिसक्दा पनि समाजका जनप्रतिनिधि देखि लिएर सरोकाबला प्रहरी निकाय समेत न्याय गर्न पंछिदै जिम्मेवारी बहन गर्न मौन रहेको बताइन ।
पिडित महिला भन्छीन,सुन्छु महिला हक अधिकार सुरक्षाको लागि कडा कानुन आएको छ,महिला निगरानी तथा संजालहरु छन तर आफू अन्यायमा परेपछी किन समाजका दुई चार अगुवाहरू मुदा मिलाउन दबाब दिएको छ । प्रहरी निकायमा दिएको मुदा किन समाजमै मिलाउन बाध्य बनाउन उनीहरुको प्रयत्न जारी रहेको बताइन् । तिनले,दु:खद घडिमा साथ दिने को ? प्रहरी निकाय पनि मौन छन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons Unclear
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured n/a
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments

Related Reports