Incident Reports

बन्चरो प्रहारबाट मकवानपुरमा एक जनाको मृत्यु

2021-04-25

Bagmati, Makawanpur, Kailash

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा छोराले बन्चरो प्रहार गरी बाबुको हत्या गरेका छन् । कैलाश गाउँपालिका वडा नम्बर–३ मा आइतबार बिहान ९ बजेको समयमा आफ्नै छोराले बन्चरो प्रहार गर्दा बाबुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय बलराम सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले रातोपाटीलाई जानकारी दिए ।

मृतक सापकोटाको बन्चरो प्रहारबाट घटनास्थलमै मृत्यु भएको प्रहरी निरिक्षक अधिकारीले बताए । मृतक सापकोटालाई आफ्नै छोरा वर्ष ३० का अञ्जन सापकोटाले बन्चरो प्रहार गरेर हत्या गरेको र उनलाई पक्राउ गरी प्रहरी नियन्त्रणमा राखिएको प्रहरी निरिक्षक अधिकारीले बताए ।

बन्चरो प्रहार गर्नुको कारण भने खुल्न सकेको छैन । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports