Incident Reports

दुर्व्यवहार गरी घर निकाला गर्ने सासू विरुद्ध उजुरी l

2014-07-07

Shiva Prasad Dhungana ओखलढुङ्गा । ०७१ असार २२ गते दुर्व्यवहार गरी घर निकाला गरेको आरोपमा सासू ६० वर्षीया तुलसा बानियाँ र आमाजु २९ वर्षीया शर्मिला बानियाा विरुद्ध कुन्तादेवी गाविस-४ की २८ वर्षीया चुमना बानियाले असार २० गते महिला तथा बालबालिका कार्यालय विरुद्ध उजुरी दिएकी छन् । पति नेपाल प्रहरीमा कार्यरत रहेकाले जिल्ला बाहिर रहेको समयमा आफूलाई परपुरुषसँग अवैध सम्बन्ध राखेको आरोप लगाउँदै घर निकाला गरेको पीडितले बताइन् । घर निकाला गरेपछि जेठ २८ गतेदेखि वाक्सा गाविस-६ स्थित माइतीमा बस्दै आएकी छन् । पीडितले पतिले समेत सासूको कुरा सुनेर टेलिफोनमा गाली गलौज गरेको गुनासो पीडितले गरिन् । घरेलु हिंसाको उजुरी आएपछि महिला तथा बालाबालिका कार्यालयले कानुनी सहायता दिन जिल्ला कानुनी सहायता समितिलाई पत्राचार गरेकाले घरेलु हिंसाको मुद्दा दर्ता गरिने समतिका सदस्य सचिव अधिवक्ता टुकराज निरौलाले जानकारी दिए । शिवप्रसाद ढुंगाना

0 Comments

Related Reports
Related Trend Analysis