Manohar Kumar Pokhrel
सप्तरी । ०७१ असार २२ गते
मल्हनिया गाविस-२ की ३० वर्षीया रीतादेवी यादव र उनका छोरा ११ वर्षीय मनिषकुमार यादवकोर् रीतादेवीका जेठाजु ४० वर्षीय रामेश्वर यादवले हत्या गरेको प्रहरीले जनाएको छ । घरको आँगनमा हत्या गरेका छन् ।
आरोपितले असार २२ गते बिहान १०ः३० बजे घरायसी विवादमा भतिजो र भाइबुहारीको गर्दन र घाँटीमा कोदालो र धारिलो हतियार प्रहार गरी हत्या गरेको डिएसपी राजकुमार वैदवारले जानकारी दिए ।
आरोपितलाई घटनालगत्तै स्थानीयवासीले नियन्त्रणमा लिई बाँधेर राखेका थिए । घटनास्थल पुगेको प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखेको छ ।
आमा-छोराको लास पोष्टमार्टमका लागि लहानस्थित जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर विजय यादवले जानकारी दिए ।
मनोहरकुमार पोखरेल