2021-04-28
Bagmati, Sindhupalchok, Balefi, Ward 2
सिन्धुपाल्चोक –
सिन्धुपाल्चोकको बलेफी गाँउपालिका २ का अध्यक्षकै नेतृत्वमा गाउँपालिकाको कार्यालयमा ताला लगाइएकाे छ । वडा कार्यालय भवन निर्माणका लागि दुई वटा उपभोक्ता समिति बनेपछि आफूले बनाएको उपभोक्ता समितिले नै काम गर्न पाउनुपर्ने भन्दै वडाध्यक्ष छविलाल न्यौपानेको नेतृत्वमा गाउँपालिकाको कार्यालयमा ताला लगाइएकाे हाे ।
यस वडाको कार्यालय भवन निर्माणका लागि वडाध्यक्षको रोहबरमा उपभोक्ता समिति निर्माण गरिएको थियो । त्यस समितिमा आफू निकटको व्यक्ति नपरेको भन्दै गाउँपालिकाले उपाध्यक्षको रोहबरमा बन्द कोठामा बसी अर्को समिति निर्माण गरेपछि विवाद सुरु भएको थियो ।
वडामा परेका योजनामा वडाध्यक्षकै रोहबरमा उपभोक्ता समिति गठन गरिने त्यहीअनुसार समिति निर्माण गर्दा गाउँपालिकाले हस्तक्षेप गरेको वडाध्यक्ष न्यौपानेले बताउनुभएको छ । सर्वपक्षीय भेला गरेर समिति निर्माण गरेकाले समिति निर्माण गर्दा आफूले कुनै पूर्वाग्रह नराखेको उहाँकाे भनाइ छ ।
लामो समयदेखि विवाद भएपछि बुधवार (आज) गाउँपालिकाको कार्यालयमा ताला लगाइएकाे हाे । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायतकाे कार्यकक्षमा ताला लगाइएकाे हाे ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Gherau/Dharna (sit-in)/padlocking |
Primary Cause | Contestation over non-elective positions and influence |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | na |