Manohar Kumar Pokhare
सप्तरी । ०७१ असार २२ गते
ठेलिया गाविस-७ गोरपारकी १६ वर्षीया मनीता कुमारी खंगले पति देवनारायण खंग, ससुरा लक्ष्मण खंग, सासू सरस्वती खंग र जेठाजु सुरजा खंगबाट घरेलु हिंसा भएको भन्दै जिल्ला अदालतमा असार २२ गते मुद्दा दर्ता गरेकी छन् ।
पीडितले आरोपितहरुमाथि घरेलु हिंसाअर्न्तर्गत कारबाहीको माग गर्दै दिएको उजुरीमा ७ महिनाकी दुधे बालिका छोरी र मासिक ७ हजार खर्च उपलब्ध गराउन अदालतसमक्ष आग्रह गरेकी छन् । सामाजिक परम्पराअनुसार ०६९ वैशाख १८ गते विवाहित पीडितको ७ महिनाकी छोरी हाल आरोपितहरुसँग छ ।
पीडितको निवेदनमा छोरी जन्मेको दोष दिँदै पति लगायत परिवारले थप दाइजो मागी गालीगलौज र कुटपिट गर्ने गरेको उल्लेख गरेकी छन् । पतिले नागरिकता र विवाह दर्ता बनाइ नदिएपछि बालिका छोरीको जन्मदर्ता बनाउन ०७१ असार ७ गते गाविस कार्यालय जाँदा आरोपितहरुले छोरी खोसी घरनिकाला गरेको बताइन् ।
घरबाट निकालिएपछि असार ७ गतेदेखि पीडित लोहजरा गाविस-८ स्थित माइतमा बसेकी छन् ।
मनोहर कुमार पोखरेल