Incident Reports

सल्यानमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

2021-01-23

Karnali, Salyan, Bangad Kupinde

पीडित परिवारले चार महिनापछि दिएको जाहेरीका आधारमा दुई किशोर पक्राउ 

सल्यानमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा बनगाड कुपिण्डे नगरपालिकाका दुई किशोर पक्राउ परेका छन् । पीडित पक्षले बालिकालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा बिहीबार दिएको जाहेरीका आधारमा १६ वर्षीय र १७ वर्षीय किशोरलाई पक्राउ गरेको प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । चार महिनापछि बलात्कार घटना सार्वजनिक भएको हो ।

कक्षा ८ मा अध्ययनरत पीडित बालिका गत १० माघमा स्कुलबाट घर फर्किइन् । खाजा खाएर स्कुलको होमवर्क सकाएर खाना पकाउन थालिन् । बहिनी खेल्न गाउँघरमा निस्केकाले खोज्न घरबाहिर निस्केकी उनलाई छिमेकी दुई किशोरले नजिकैको गोठमा लगी सामूहिक जबर्जस्ती करणी गरेको पीडित बालिकाले बताइन् । 

सो समयमा बालिकाका आमाबाबु रोजगारीको सिलसिलामा भारतमा थिए । उनी बहिनी र हजुरआमासँग बस्दै आएकी थिइन् । घटनापछि बालिकाको स्वभाव परिवर्तन भएको थियो । एकान्तमा बस्ने र कसैसँग धेरै बोल्न नरुचाउने, रातिको समयमा चिच्याउने गर्न थालेपछि हजुरआमाले धेरै प्रयास गरेपछि मात्र उनले आफूमाथि भएको हिंसा सार्वजनिक गरेकी थिइन् । आरोपितहरूले घटनाबारे कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएपछि बालिकाले घटनाबारे कसैलाई भन्न नसकेको परिवारले जनाएको छ ।

माघदेखि महिनावारीसमेत नभएकी बालिकाको स्वास्थ्य सेवा कार्यालय सल्यानमा बिहीबार स्वास्थ्य परीक्षण गरिएको छ । रिपोर्ट आउन भने बाँकी छ । आरोपित दुई किशोरलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments