Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-04-16

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले इलामको माङसेबुङ गाउँपालिका–४ का २० वर्षीय सुरज बयलकोटी र भोजपुरको षडानन्द नगरपालिका–७ का २७ वर्षीय अनन्त लिम्बूलाई वैशाख १५ गते खाँदवारीबाट गिरफ्तार गरेको छ ।पीडित बालिकालाई आरोपितले ०७८ वैशाख ३ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितद्घयविरूद्ध वैशाख १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई खाँदबारी बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर  कविन  राईले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख  १२ गते गरिएको छ ।

भविन कार्की

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments