Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2021-03-04

Madhes, Saptari, Tilathi Koiladi, Ward 4

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्ध वैशाख १५ गते उजुरी दर्ता गरेको छ ।पीडित बालिकालाई आरोपितले ०७७ फागुन २० गते बलात्कार गरेको पीडितले आरोप लगाएकी छन् ।

विवाहको आश्वासन दिई फागुन २१ गते काठमाडौँ लगेर आफूलाई छाडी आरोपित सम्पर्कविहीन भएको पीडितले आरोप लगाइन् ।पीडितले जिल्ला प्रहरी कार्यालय काठमाडौँमा ०७८ वैशाख ९ गते उजुरी दिए पछि पीडितको काठमाडौँको थापाथलीस्थित परोपकार पसूति तथा स्त्री रोग अस्पतालमा सोही दिन स्वास्थ्य परीक्षण भएको छ ।

काठमाडौँ प्रहरीले पीडित, आरोपित र घटनास्थल सप्तरीको भएको भन्दै उजुरीसहित पीडितलाई सप्तरी पठाए पछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दर्ता गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो । आरोपितको खोजी कार्य भइरहेको उहाँले बताउनु भयो ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments