Incident Reports

गुल्मीमा शनिबार रातिदेखि निषेधाज्ञा

2021-05-02

१७ वैशाख, गुल्मी ।

गुल्मीमा शनिबार रातिदेखि एक साताका लागि निषेधाज्ञा लगाइएको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले वैशाख १८ गते शनिबार राति १२ बजेदेखि वैशाख २५ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।यो अवधिमा अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध , तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरु विहान ७ देखि ९ बजेसम्म, बैंक तथा होटल दिउँसो १० देखि १२ बजेसम्म खोल्न पाइनेछ ।

निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफुल, दुध, पानी, औषधि बोक्ने मालवाहक गाडी र एम्बुलेन्सबाहेक सबै सवारी साधन चल्न रोक लगाइएको छ ।अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरिएको छ । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् ।

जिल्लामा कोभिड–१९ को दोस्रो लहरमा २०६ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १९९ जना होम आइसोलेसनमा रहेका छन्, भने एक जना अस्पतालमा छन् । दोस्रो लहरबाट हालसम्म ६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी बताइन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports