Incident Reports

मकैबारीमा महिलाको शव भेटियो

2021-05-01

Province 1, Morang, Ratuwamai, Ward 6

मोरङको रतुवामाई नगरपालिकामा महिलाको शव भेटिको छ । आइतबार रतुवामाई नगरपालिका– ६ सिंहगिरी भन्ने स्थानको मकैबारीमा महिलाको शव भेटिएको हो ।भित्री सडकबाट केही भित्र रामप्रसाद भण्डारीको मकैबारीमा भेटिएको शवको पहिचान खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले घटना संकास्पद भएकाले प्राविधिक टोलीले अनुसन्धान सुरु गरेको बताए ।‘घटना शंकास्पद छ, प्राविधिक टोली र तालिमप्राप्त कुकुरसहितको टोलीले अनुसन्धान गर्दैछ’ उनले भने, ‘ कालो वर्णकी महिलाको उमेर अन्दाजी ३० वर्ष जति छ, पहिचान गर्ने प्रयास भइरहेको छ ।’महिलाले लगाएको कपडा च्यातिएका कारण घटना शंकास्पद रहेको प्रहरीको दाबी छ ।
….
कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३२ वर्षीया सरीता सोरेनको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले रतुवामाई नगरपालिका–६ का ३० वर्षीय सुफल हस्तालाई गिरफ्तार गरेको छ ।
सरीताको ०७८ वैशाख १८ गते हत्या गरेको आरोपमा प्रहरीले उनका प्रेमी भनिएका आरोपितलाई असार ३ गते भारतबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
सरीता र आरोपितबिच प्रेम सम्बन्ध रहेको र पीडितले बिवाहका लागि दबाब दिएपछि हत्या गरेको प्रारम्भिक बयानमा खुलेको डिएसपी राईले बताउनु भयो ।
उर्लाबारी नगरपालिका–१ होक्लाबारीका स्थानीय योगेन्द्र थापाको गाई फार्ममा काम गर्ने सरीतालाई आरोपितले वैशाख १८ गते रतुवामाई नगरपालिकामा भेट्न बोलाएर बलात्कारपछि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको डिएसपी राईको भनाइ छ ।सरीताको शव वैशाख १९ गते रतुवामाई नगरपालिका–४ स्थित मकैबारीमा अर्धनग्न अवस्थामा फेला परेको थियो ।
घटना लगत्तै फरार भएका आरोपित भारततर्फ गएकोे सूचनाका आधारमा भारतीय प्रहरीसँग समन्वय गरी नेपालबाट खटिएको प्रहरी टोलीले आग्राबाट गिरफ्तार गरेको डिएसपी राईले बताउनु भयो ।
शवको पोष्टमार्टम वैशाख १९ गते कोशी अस्पतालमा गरि सोही दिन पीडित परिवारलाई शव दिएको मोरङ प्रहरीले जनाएको छ ।
सुनसरी जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका जयकृष्ण यादव २०७८ जेठ महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालका साथै समसामयिक मानव अधिकारका समाचार लेख्न रुची राख्नु हुन्छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments