Incident Reports

लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य र प्रहरीबीच आइतबार झडप

2021-05-02

Lumbini, Rupandehi, Butwal

बुटवल :

लुम्बिनी प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रदेशसभा सदस्य र प्रहरीबीच आइतबार झडप भएको छ । अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेललाई शपथ नखुवाउन माग गर्दै एमालेबाहेक दलका सांसदहरु दिउँसैदेखि प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।

मुख्यमन्त्री पोखरेललाई शपथ खुवाउन भन्दै निस्कन लागेका प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रदेशसभा सदस्यहरुले घेरा हालेर छेकेपछि प्रहरीले बल प्रयोग गरेको हो । यादव अहिले घेराबाट निस्किसकेका छन् । मुख्यमन्त्री पोखरेलले अहिले राति नै पद तथा गोपनियताको शपथ लिने बुझिएको छ । प्रदेश प्रमुख यादव मुख्यमन्त्रीको कार्यालय पुगिसकेका छन् । सांसदहरूले प्रहरीले दमन गरेको भन्दै नाराबाजी गरेका थिए ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका हुन्। आइतबार बिहान मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेल संविधानको धारा १६८ (१) बमोजिम पुनः मुख्यमन्त्री बनेका हुन् । उनलाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएपछि पोखरेलले पदबाट राजीनामा दिएका थिए । यसअघि पोखरेल नेतृत्वको सरकार संविधानको धारा १६८ (२) बमोजिम बनेको थियो । धारा १६८ (१) मा संसदमा बहुमत प्राप्त दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

सोही व्यवस्थालाई आधार मानेर पोखरेलले राजीनामा दिएका थिए । पोखरेल अल्पमतमा परेका छन् । विपक्षी तथा एमालेकै सांसद् गरी ४२ जनाले प्रदेश प्रमुखलाई शपथ रोक्न हस्ताक्षरसहितको पत्र बुझाइसकेका छन् । ८१ सदस्यीय प्रदेशसभामा बहुमत ल्याउन ४१ सांसद्को आवश्यकता पर्छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 42
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments