Incident Reports

No translation available.

2014-07-08

Bagmati, Dhading, Jwalamukhi

Sitaram Adhikari धादिङ । ०७१ असार २४ गते सामाजिक रुपमा बहिस्कार गरिएकी ढोला गाविस-२ सिंखडा गाउँकी एक जना एकल महिलालाई असार २४ गते इन्सेकको पहलमा आर्थिक सहयोग प्रदान गरिएको छ । बलात्कारबाट पीडित महिलाले उजुरी गरेकोले अदालतमा चलेको बलात्कार सम्बन्धी मुद्दा फिर्ता नलिएको भन्दै आरोपित पक्षले सामाजिक बहिस्कार गरेपछि कष्टपूर्ण तरिकाले सासूको मृत्यु संस्कार गर्दै आएकी पीडितलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक र सहयात्री समाजले आर्थिक सहयोग गरेको हो । इन्सेकको तर्फबाट १० हजार रूपियाँ, सहयात्री समाजको तर्फबाट ५ हजार रूपियाँ र ओरेक नेपालको तर्फबाट ४ हजार रूपियाँ गरी १९ हजार रूपियाँ पीडित परिवारलाई किरिया तथा अन्य खर्च गर्नका लागि उपलब्ध गराइएको थियो । इन्सेक प्रतिनिधि सीताराम अधिकारी, महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालका सदस्य राधिका सापकोटा, मावअधिकार एलाएन्सका जिल्ला सचिव राजाराम शर्मा, पत्रकार तथा महिला मानवअधिकार रक्षकहरू पीडितको घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरिएको थियो । पीडित महिलाको सासूको असार १८ गते मृत्यु भएपछि मलामी नजान गाउँवासीलाई आरोपित पक्षले उर्दि गरी सामाजिक बहिस्कार गरेको पीडित पक्षले जनाएको छ । बलात्कारी विरुद्ध उजुरी गरेको भन्दै पीडितलाई केही आरोपित पक्षले विद्यालयबाट निस्काशन गर्दै धारा पँधेरा, मेलापर्म र कुलपूजाबाट बहिस्कार गर्ने निर्णय गरेका थिए । जसका कारण उनको सासूको किरिया गर्न समेत समस्या भएको थियो । केही सहयोगी र आफन्तहरूको सहयोगमा उनले किरिया कर्म चलाउँदै आएकी पीडितले बताइन् । स्थानीय काङ्ग्रेस कार्यकर्ता बलराम सिंखडा र स्थानीय विद्यालयका शिक्षक मोहन सिंखडा सहितको समूहले मलामी जानेलाई धम्की दिएका थिए भने किरिया कर्म गर्न नदिन र सहयोग नगर्न उनीहरूले गाउँवासीलाई उर्दी जारी गर्दै हिँडेको थिए । नेपाली गाउँ कार्य समितिका सभापति कृष्णप्रसाद दुवाडीले समेत पीडित महिलाको दुई बालबच्चा खतरामा रहेको कुरा भेटेरै भनेका थिए । विगत ५ वर्षेदेखि ढोला गाविस-२ सिम्खडागाउँमा रहेको बालज्योति प्राविको कार्यालय सहयोगीको रुपमा रहेकी पीडित महिलालाई बलात्कार मुद्दा फिर्ता नलिएको भन्दै ०७० चैत ९ गते जागिरबाट बर्खास्त गरिएको थियो भने उनलाई पटक/पटक गाउँमा धम्की दिँदै हिड्नेहरूले खुकुरी लिएर घरमा आइ मार्ने धम्की दिने, राती छानामा चढेर मार्न खोज्ने जस्ता कार्य गर्दै आएका थिए । सोही कारण पीडितका दुई बालकले घर छाडेर हिँडेका छन् । काङ्ग्रेस पार्टीमा भोट नहालेको भन्दै ०७० मङ्सिर ८ गते भतिज नाता पार्ने २४ वर्षीय सन्दीप सिंखडाले उनलाई बलात्कार गरेपछि पीडितलाई नै धम्की दिँदै आएका थिए । आरोपित विरुद्ध मङ्सिर १३ गते जबरजस्ती करणी मुद्दा दायर गरिएपछि मुद्दा फिर्ता लिन धम्की दिँदै आएको आरोपित पक्षले उनलाई विस्थापित गरी सबै किसिमको प्रतिबन्ध लगाएको थियो । आरोपित पक्षले जसरी पनि पीडित परिवारलाई विस्थापित गर्ने योजना बनाएको र असार १८ गते पीडितको सासूको मृत्यु भएको दिन मलामी जान लागेकाहरूलाई बाटोमा रोकेर गाउँबाटै विस्थापित गराउने योजना बनाएको घटनास्थल पुगेको अधिकारकर्मीहरूलाई पीडित परिवारले जानकारी दिए । सीताराम अधिकारी

0 Comments

Related Reports
Related Trend Analysis