Incident Reports

No translation available.

2014-07-07

Bagmati, Makawanpur, Kailash

Pratap Bista मकवानपुर । ०७१ असार २४ गते बहुविवाह गरेको ठहर गर्दै एक युवकलाई जिल्ला अदालत मकवानपुरले एक वर्षकैद गर्ने फैसला गरेको छ । साथै १० हजार रूपियाँ जरिवाना गर्ने आदेश गरेको छ । जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारीको असार २३ गते बसेको इजलासले कालिकाटार गाविस-३ का २६ वर्षीय सरोज मोक्तानलाई बहुविवाह गरेको ठहर गर्दै एक वर्षकैद र १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो । कान्छी पत्नी नामटार गाविस-५ की ३३ वर्षीया संगीता गोलेलाई भने अदालतले सफाई दिएको छ । गोलेलाई मोक्तानसँग बहुविवाह गरेको आरोपमा प्रहरीले जेठ २२ गते गिरफ्तार गरेको थियो । पत्नी सुन्तली मोक्तानको उजुरीको आधारमा उनीहरूलाई प्रहरीले गिफ्तार गरेको थियो । जिल्ला अदालत मकवानपुरले असार ८ गतेको आदेश बमोजिम आरोपित मोक्तान पुर्पक्षका लागि थुनामा थिए भने गोले ३० हजार रूपियाँ धरौटी राखेर तारेखमा रिहा भएकी थिइन् । यसैबीच, बहुविवाह गरेको आरोपमा हेटौँडा नपा-१० बसपार्कका ३३ वर्षीय अर्जुन श्रेष्ठ र सुमित्रा तामाङलाई प्रहरीले असार २२ गते गिरफ्तार गरेको छ । अर्जुनकी पत्नी विमला महर्जन श्रेष्ठले असार २० गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा दिएको उजुरीको आधारमा प्रहरीले श्रेष्ठ र तामाङलाई गिरफ्तार गरेको एसपी गणेशबहादुर ऐरले बताए । श्रेष्ठले पत्नी र छोराछोरी घरमा हुँदाहुँदै बहुविवाह गरेका हुन् । आरोपित अर्जुनले २७ वर्षीया सुमित्रासँग ०७० वैशाख २० गते दोस्रो विवाह गरेका थिए । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis