Incident Reports

वडा अध्यक्षद्वारा पत्रकारमाथि हातपात प्रयास, महासङ्घद्वारा निन्दा

2021-05-04

Lumbini, Rukum East, Putha Uttarganga, Ward 9

रुकुम पूर्व – रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ९ का वडाध्यक्ष सुरबहादुर रोकाले समाचार सङ्कलनका लागि गएका जिल्लाका दुई जना पत्रकारमाथि हातपात प्रयास गर्नुभएकाे छ । मङ्गलवार वडाध्यक्ष रोकाले रेडियो पूर्वी रुकुममा कार्यरत पत्रकारद्वय जितेन्द्र बुढाथोकी र विक्रम परियारमाथि हातपातको प्रयास गर्नुभएकाे हाे ।  

घुम्रिगाड खोला लघु जलविद्युत् आयोजनाको रकम भुक्तानीमा देखिएको विवादका बारेमा गाउँपालिकाको कार्यालयमै गएर बुझ्न खोज्दा वडाध्यक्षले आफूहरूमाथि दुई पटक हातपातको प्रयास गरेको पत्रकार बुढाथोकीले बताउनुभयो । विद्युत् आयोजनाको रकम भुक्तानीको क्रममा वडाध्यक्ष र गाउँपालिकाका लेखापालबीचमा भइरहेकाले के भएको हो भनेर बुझ्न खोज्दा वडाध्यक्षले आफूहरूमाथि हातपातको प्रयास गरेको बुढाथोकीले जनाउनुभयो । 

महासङ्घले घटनाको निन्दा गर्‍याे

नेपाल पत्रकार महासङ्घ रुकुमले यस घटनाको कडा शब्दमा निन्दा गरेको छ । महासङ्घले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सचिव हिरा परियारले कोरोना महामारीका बीचमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरूलाई जनप्रतिनिधिबाटै यस्तो व्यवहार गरिनु प्रेस स्वतन्त्रताविरुद्धको कार्य भएको बताउनुभएकाे छ । 

त्यसैगरी नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशले पनि पत्रकारमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधवार बिहान महासचिव खगेन्द्र भट्टराईले एक विज्ञप्ति जारी गर्नु हुँदै पत्रकारद्वय बुढाथोकी र परियारमाथि गरिएको दुर्व्यवहारकाे घोर निन्दा गर्नुभएको छ । विज्ञप्तिमा प्रेस स्वतन्त्रता विरोधी यस घटनाको कडा शब्दमा भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरिएको छ ।  



Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments