Incident Reports

कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरी उजुरी, घाइतेको उपचार हुँदै

2021-05-01

Madhes, Sarlahi, Malangawa, Ward 9

मलङ्गवा नगरपालिका–९ निवासी नेकपा एमाले मलङ्गवा नगर सहसचिव ३३ वर्षीय अनिलकुमार महतोलाई वैशाख १८ गते सोही नपा–८ निवासी जनता समाजवादी पार्टीका ३५ वर्षीय कार्यकर्ता सुमन यादवले कुटपिट गरेको भन्दै पीडित पक्षले वैशाख २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित महतोलाई आरोपितले रड र साइकलको चेनले प्रहार गरेको पीडितका बाबु हेमलाल महतोले आरोप लगाउनु भएको छ ।पीडितको दाहिने हात भाँचिएको, टाउको, छाति र बायाँ गोडामा चोट लागेको पीडित पक्षले जनाएको छ ।

पीडितको सामान्य उपचार सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरेपछि थप उपचारका लागि बीरगंज लगिएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी मदन कुँवरले जानकारी दिनु भयो ।आरोपित घटनापछि फरार रहेकाले खोजी कार्य भइरहेको डिएसपी कुँवरले इन्सेक प्रतिनिधिलाई बताउनु भएको छ ।

बुधन साह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports