San Bahadur Thapa
कास्की । ०७१ असार २४ गते
एक ४२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा चारजना विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा असार २४ गते जबरजस्तीकरणी मुद्दा दर्ता गरेकी छन् ।
पोखरा उमनपा-१५ क्रान्तिटोलका २९ वर्षीय सूर्य नेपाली, सोही ठाउँका १९ वर्षीय प्रदीन पुन, २५ वर्षीय दलबहादुर पुन र २१ वर्षीय पूर्णबहादुर गुरुङले असार १६ गते आफूलाई मुख थुनेर भाग्न, उम्कन नदिई बलात्कार गरेको भन्दै पीडितले आरोपितहरू विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।
घटनामा संलग्न आरोपितहरू फरार रहेकोले खोजी कार्य तीब्र पारिएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाले जनायो । पीडितको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा असार २४ गते स्वास्थ्य परीक्षण भएको छ ।
सनबहादुर थापा