Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-05-03

Province 1, Sankhuwasabha, Khandbari, Ward 8

५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–८ का ४१ वर्षीय जीवन बजगाईलाई वैशाख २२ गते गिरफ्तार गरेको छ ।पीडित महिलालाई आरोपितले ०७८ वैशाख २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि खाँदबारीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर  कविन  राईले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २२ गते गरिएको छ ।

भविन कार्की

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments