Incident Reports

एमाले छाडेर माओवादीमा आएकी सांसद विमलाको घरमा कालो झण्डा

2021-05-07

Lumbini, Dang, Tulsipur, Ward 6

एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी लुम्बिनी प्रदेशसभा विमला वलीको घरमा कालो झण्डा राखिएको छ ।आज बिहानै तुलसीपुर ६ टरीगाउँस्थित सांसद वलीको घरको गेटमा कालो झण्डा देखेको छिमेकी डम्बर भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार आज बिहान करिब ८ बजे मोटरसाइकलमा आएका दुई युवाले झण्डा तानेर लगिसकेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले सांसद वलीको घरमा कालो झण्डा राखेको खबर पाएपछि प्रहरी पुगेको र त्यतिबेला झण्डा नभेटिएको जनाएको छ । तुलसीपुरका डीएसपी शिव सिंहले कालो झण्डा राख्ने व्यक्तिको खोजी भइरहेको बताए ।
वली टरीगाउँको त्यो घरमा ताला लगाएर घोराही भाडामा बस्दै आएकी छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments