2021-04-20
Bagmati, Makawanpur, Hetauda
हेटौडा: हेटौंडा उपमहानगरपालिकाको महिला तथा बालबालिका विकास महाशाखाले पूर्ण अशक्त र अपाङ्गता भएका 'क' वर्गका व्यक्तिहरुसँग भेटघाट कार्यक्रम गरेको छ। केही समयघि अनुगमन गरिएको अवस्थामा वडा नम्बर ८ मा एक बालिका र वडा नम्बर १८ मा एक युवकलाई थुनेर राखिएको अवस्थामा भेटेको महिला तथा बालबालिका विकास महाशाखाले जानकारी दिएको छ।
- मंगलबार उममहानगरले वडा नम्बर १७ मा भेटघाट कार्यक्रम गरेको छ । अशक्त र अपाङ्गता भएका व्यक्तिले उचित संरक्षणका विषयमा अनुगमन गर्ने क्रममा त्यस्ता व्यक्तिहरुसँग भेटघाट गरेको महाशाखा प्रमुख महिला विकास अधिकृत विष्णुकुमारी लामिछानेले जानकारी दिनुभएको छ । लामिछानेका अनुसार भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै १९ वटै वडामा भेटघाट कार्यक्रम रहेको बताउनुभएको छ।
महाशाखाले अनुगमन तथा भेटघाट गर्ने क्रममा अमानवीय व्यवहार गरेर राखेको अवस्थामा फेला पारेको हो । कसैलाई बाँधेर तथा कसैलाई कुखुराको खोरमा थुनेर राखिएको अवस्थामा भेटेको लामिछानेले जानकारी दिनुभयो । मानव अधिकारका हिसाबले यस्तो कार्य गलत भएको जानकारी दिँदै सम्बन्धित अभिभावक तथा आश्रयदातालाई सम्झाइ बुझाइ गरिएको उहाँले बताउनुभयो । स्वतन्त्ररुपमा बाँच्न पाउनुपर्ने मानिसको अधिकार हनन नगर्न उनीहरुलाई आग्रह गरिएको लामिछानेले जानकारी दिनुभयो । यस्तो अवस्थामा भेटिएका व्यक्ति अशक्त हुनुका साथै कराउने, चिच्याउने र मानसिक अवस्था कमजोर रहेको उहाँले बताउनुभयो।
हेटौंडामा २ सय जना 'क' वर्गको पूर्ण अशक्तको रातो कार्ड पाएका व्यक्तिहरु छन् । जसमा १८ नम्बर वडामा १७ जना, १७ नम्बर वडामा १० जना, २ नम्बर वडामा ६ जना र ८ नम्बर वडामा ६ जना छन् । लायत अन्य वडामा पनि यस्तै व्यक्तिहरु रहेको बताउनुभएको छ । बड़ा नम्बर १७ मा राजनीतिक दल, सामाजिक अभियन्तालगायतको सहभागितामा भएको अनुगमन तथा भेटघाट कार्यक्रममा १० जना व्यक्तिलाई एक हजार रुपैयाँका दरले विभिन्न सामग्री प्रदान गरिएको छ।
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 January 16 - 31, 2021
February 04, 2021
GBV / Human Rights / Governance / Covid-19
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 January 1 - 15, 2021
January 21, 2021
GBV / Human Rights / Governance / Covid-19