Incident Reports

No translation available.

2014-07-07

Province 1, Terhathum, Aathrai

Chhatra Rim तेह्रथुम । ०७१ असार २५ गते एक १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ईवा गाविस-४ का ५६ वर्षीय गौरीशंकर कडरियालाई असार २४ गते प्रहरीले गिरफ्तार गरेको छ । आठराई इलाका प्रहरी चौकीले गिरफ्तारपछि आरोपितलाई जिल्ला प्रहरी कार्यालय पठाइएको जनाएको छ । राम्ररी बोल्नसमेत नसक्ने महिलालाई आरोपित कडरियाले असार २३ गते घाँस काट्न गएको अवस्थामो गाई गोठमा बलात्कार गरेका थिए । पीडितले घटनाबारे परिवारका सदस्यलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो । स्थानीय नागरिक समाजका प्रतिनिधिले बलात्कारजस्तो जघन्य अपराधलाई गाउँमा नै मिलाउन नमिल्ने भन्दै आरोपितलाई इलाका प्रहरी चौकी आठराईमा जिम्मा लगाएका थिए । प्रहरीले पीडित र आरोपितद्वयलाई जिल्ला प्रहरीमा ल्याउँदै गरेको डिएसपी उमाशंकर पञ्जियारले बताए । डीएसपी पञ्जियारले पीडितको स्वास्थ्य परीक्षण आजै जिल्ला अस्पतालमा गरिने जनाए । छत्र रिमाल

0 Comments

Related Reports
Related Trend Analysis