Incident Reports

बालिका अपहरण गर्ने भारतीय महिला पक्राउ

2021-05-04

Madhes, Parsa, Birgunj

बाराको कलैयाबाट ४ वर्षीया बालिकालाई अपहरण गरी रक्सौल लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साले एक महिलालाई पक्राउ गरेको छ।बालिका सहित विहार रक्सौल तुमरिया टोल निवासी ४५ वर्षीया सीमा देवी साहलाई स्थानीयको सहयोगमा नगवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेकी महिलालाई अहिले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको पाण्डेले बताए।

कलैया उपमहानगरपालिका मोतीबाग टोल निवासी बृजकिसोर सरार्फकी | ४ बर्षीया छोरीलाई महिलाले ललाई फकाई भारत रक्सौलतर्फ लगी रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो।सरार्फको घरमा डेरा लिई केही समयदेखि बस्दै आएकी सीमा देवीले बालिकालाई रक्सौल घुमाउने बहानामा लगेको बताइएको छ ।

बालिकालाई बारा प्रहरीले अभिभावकको जिम्मा लगाएको छ भने महिलालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

Local Newspaper - Bara

0 Comments