Incident Reports

'कोग्ले' लेखक प्रेम बोहरामाथि डोल्पामा आक्रमण

2021-05-04

काठमाडौँ :

हालै प्रकाशित 'कोग्ले' पूस्तकका लेखक प्रेम बोहरामाथि डोल्पामा आक्रमण भएको छ । डोल्पाका विभिन्न ठाउँमा युवा सचेतना, भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेका बोहरामाथि मंगलबार आक्रमण भएको हो ।वडाध्यक्ष कर्णबहादुर रोकायाका आफन्तले बोहरामाथि आक्रमण गरेका हुन् ।

आक्रमणबाट बोहराको टाउकोमा चोट लागेको छ । उनी उपचारका लागि काठमाडौँ आएका छन् । काठमाडौँको ह्याम्स अस्पतालमा उनको टाउकोको सिटी स्क्यान गरिएको छ ।डाक्टरले भित्र गहिरो चोट नलागेको बताएका छन् । घाउमा टाका लगाइएको छ । आफ्नो ज्यान लिने उद्धेश्यले वडाध्यक्ष रोकायाका आफन्तले आक्रमण गरेका बोहराले बताएका छन् ।

'डोल्पा फर्किएपछि भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेको थिए । स्थानीय रोलाघाट लघु जलविद्युत आयोजना मर्मत गर्ने काम स्थानीयको श्रमदानबाट गर्नुपर्छ भन्दै आवाज उठाउँदा ज्यान लिने उद्धेश्यले ममाथि आक्रमण गरिएको हो । आक्रमण पश्चात उजुरी दर्ता गर्न जाँदा प्रहरीले उजुरी लिन मानेको छैन्' उनले इकागजसँगको कुराकानीमा भने ।

स्थानीयले जलविद्युतको काम स्थानीय श्रमदानबाट गरेर आपसी सहमतिमा पारिश्रमिक लिने गरी उपभोक्ता समिति गठन गरेका थिए । तर वडाध्यक्ष रोकायाले गाउँलेको सहभागितामा भएको निर्णय लत्याएर ४० लाखमा अर्को व्यक्तिलाई एकलौटी ठेक्का दिएपछि विवाद सुरु भएको हो । आयोजनाको मर्मतका लागि ६५ लाख बजेट आएको थियो ।

विवादका क्रममा वडाध्यक्षका आफन्त र उनले परिचालन गरेका युवाहरुले आफूमाथि कुटपिट गरेका बोहराले बताए । झण्डै एक हप्तासम्म पनि प्रहरीमा उजुरी लिन नमानेको बोहराको आरोप छ । वडाध्यक्षले मान्छे लगाएर आक्रमण गर्न लगाएको लिखित उजुरी दिएपनि प्रहरीले दर्ता नगरेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक हरिराम डाँगीले बोहराका आफन्त उजुरी दर्ता गर्न आएको र घटनाका विषयमा सोधपुछ गर्ने काम भइरहेको जानकारी दिए । उनका अनुसार राजनीतिक घटनाक्रम भए उजुरी दर्ता नहुने र प्रहरीले आन्तरिक छानबिन गरेपछि उजुरी दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाउने योजना रहेको प्रहरी निरीक्षक डाँगीले बताए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments