Incident Reports

हेटौँडामा नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु

2021-05-07

Bagmati, Makawanpur, Hetauda, Ward 17

हेटौँडा : हेटौँडामा नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा-१७ दियालो दमारकी ९० वर्षीया कान्छीमाया गुरूङ रहेकी छिन्।

शुक्रवार दिउँसो ४ बजे घरको आँगनमा बसिरहेको बेला गुरूङलाई आफ्नै नाति २२ वर्षीय आकाश गुरूङले बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ। बन्चरो प्रहारबाट घाइते गुरूङको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।

बन्चरो प्रहार गर्ने आकाशलाई पक्राउ गरिएको प्रवक्ता रिमालले बताए। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments