Incident Reports

दुहबीमा दुई समूहबीच झडप

2021-03-22

Province 1, Sunsari, Duhabi

दुहबी (उस)/ दुहबी वडा नम्बर २ र वडा नम्बर ९ का युवाबीच बुधबार बेलुकी सामुहिक झडप हुँदा ८ जना घाइते भएका छन् भने १ जना गम्भीर घाइते भएका छन् ।

झडपमा वडा नम्बर २ वीर गाउाका विशाल खवास, सुसननारायण चौधरी र अजयनारायण चौधरी घाइते भएका छन्। उनीहरुको दुहबी स्थित जीवन ज्योति स्वास्थ्य क्लिनिकमा उपचार भैरहेको छ। घाइते विशाल खवासका अनुसार दुहबी वडा नम्बर २ वीरगाउा नजिक आफू मोटरसाइकलमा जाने क्रममा बिपरित दिशातर्फबाट आईरहेको मोटरसाइकल आफ्नो मोटरसाइकल जुध्न खोज्दा सामान्य भनाभन भएको थियो।

आफू तर्केर जान खोज्दा मोटरसाइकलमा सवार युवाले .२० -२५ जनाको संख्यामा युवाहरु बोलाएर आफूहरु माथि आक्रमण गरेको उनले बताए।

सो झडपमा दुहबी-९ छाताबेलिका मोहमद सफरुदिन, सफि आलम, नौसाद आलम, जम्सेद रैन, नुर आलम, सिराज आलम घाइते भएका छन् । झडपमा को २९ प १२६०, को ३२ प ३२५९ , ज ७ प ५८५८ नम्बरको तीन वटा मोटरसाइकल समेत क्षति भएको घाइते भएका बताइएको छ। घाइते मध्येका दुहबी ९ का जम्सेद आलमलाइ उपचारका लागि बिराट नर्सिङ्ग होममा भर्ना गरिएको छ । उनको अवस्था गम्भीर रहेको महिमद नौसाद मियाँले बताए। सफरुदिन मियालाई थप उपचारको लागि विराटनगरको हाम्रो अस्पताल रेफर गरिएको र बाकी सुनसरी सामुदायिक अस्पताल दुहबीमा भर्ना गरिएको बताइएको छ। स्थानीयहरुका अनुसार झडपले उग्ररुप लिने भएपछि समाजका भद्र भलाद्मी, जनप्रतिनिधि./ राजनितिक दलका नेताहरु लगायत मिलेर दुबै घटनालाई साम्य बनाउने प्रयास गरेका थिए।

इलाका प्रहरी कार्यालय दुहबीले बाटोमा आउने जाने क्रममा २ मोटरसाइकल एक आपसमा जुध्न आँटेपछि दुबै पक्षबीच विवाद उत्पन्न हुँदा सामुहिक झडप भएको जनाइएको छ। दुई जना युवाहरूलाई तत्कालै | पक्राउ गरी अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय दाहबीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 9
Female Injured n/a
Youth Injured 9
Totally damaged Vehicles 3
Severely damaged Vehicles n/a
Local Newspaper - Morang

0 Comments

Related Reports