Incident Reports

मध्यराति सिलौटाले हानेर पतिले गरे पत्नीको हत्या

2021-05-09

Madhes, Sarlahi, Lalbandi, Ward 2

घरायसी विवादमा सर्लाहीमा एक व्यक्ति आफ्नै पत्नीको हत्या गरेका छन्।लालबन्दी नगरपालिका २ नवलपुर घर भई हाल हरिवन ११ मा बस्दै आएका ३५ वर्षीय विजयलाल कर्णले पत्नी ३२ वर्षीया पत्नी उषा देवी कर्णको हत्या गरका प्रहरीले जनाएको छ।

हरिवन नगरपालिका ११ स्थित रामबली साहको घरमा डेरा गरी बस्दै आएका कर्ण दम्पतीबीच आइतबार राति विवाद भएको थियो। सोहि क्रममा विजयलालले मसला पिस्ने सिलौटाले पत्नी उषाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए।

घटना लगतै पति विजयलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शवलाई पोस्टमार्टमको जिल्ला अस्पताल मलंगवा लगिएको र घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments