Incident Reports

ज्यान मार्ने धम्कीप्रति आपत्ति

2021-04-29

Province 1, Morang, Uralabari

उर्लाबारी/ उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोमाथि सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की आएपछि उर्लाबारीका दुई संस्थाले ध्यानाकर्षण भएको जनाएका छन् । किरात याक्थुङ चुम्लुङ नगर समिति उर्लाबारी र चौबिसे एकता समाज नेपाल शाखा समिति उर्लाबारीले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी धम्की दिने व्यक्तिलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

उर्लाबारी-७ का लीलाराज खतिवडाले किरण बजगाईंको युट्युब एकाउन्टबाट नगर प्रमुख फागो तथा उनको परिवारलाई इन्काउन्टर गरी ज्यान मार्ने भिडियो पोस्ट गरेकाले उक्त कार्यको भर्त्सना गर्दै भिडियो पोस्ट गर्ने खतिवडालाई कानुनी दायरामा ल्याई कारबाहीको माग गरिएको छ।

किरात याक्थुङ चुम्लुङ उर्लाबारीका अध्यक्ष चन्द्र पालु ङ वाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'नगर प्रमुख तथा उहाँको परिवारलाई आवश्यक शान्ति सुरक्षाको पहल गर्नसमेत सम्बन्धित निकायसमक्ष अपिल गर्दछौं ।' फागो किरात याक्थुङ चुम्लुङका संस्थापक | आजीवन सदस्य हुन् । यस्तै, धनकुटाको चौबिसे क्षेत्रबाट बसाइसराइ गरी उर्लाबारीमा बसोबास गर्नेहरूको संस्था चौबिसे एकता समाजले पनि इन्काउन्टर गरी ज्यान मार्ने धम्कीको भर्त्सना गर्दै दोषीलाई काननी कारबाहीको माग गरेको छ । समाजका कार्यबाहक अध्यक्ष पदमबहादुर गौतमलगायतको हस्ताक्षर रहेको विज्ञप्तिमा मेयर तथा उनको परिवारको शान्ति सुरक्षाको माग गरिएको छ । फागो चौबिसे एकता समाजका केन्द्रीय सल्लाहकार हुन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Jhapa

0 Comments

Related Reports