Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-05-08

Bagmati, Lalitpur, Konjyosom

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कोञ्ज्योसोम गाउँपालिका–२, शङ्खुका ५८ वर्षीय गेहेन्द्र लामा बोम्जनलाई वैशाख २६ गते प्रहरीले गिरफ्तार गरेको छ ।पीडित बालिकालाई आरोपितले वैशाख २५ गते यौन दुर्व्यवहार गरेको भन्दै सोही दिन पीडित पक्षले महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।

घटनापछि बालिकाले आमाबुबालाई जानकारी गराएपछि उजुरी परेको र सोही आधारमा आरोपितलाई घरैबाट गिरफ्प्तार गरिएको प्रहरीले जनाएको छ ।आरोपितलाई वैशाख २६ गते गते नै ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखी अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी टेकबहादुर कार्की क्षेत्रीले जानकारी दिनुभयो ।पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २६ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।

दीपकप्रसाद घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments