Incident Reports

कोभिड प्रादेशिक अस्पतालमा तोडफोड

2021-05-11

प्रदेश २ को प्रादेशिक अस्पतालको हाता भित्र रहेको प्रादेशिक कोभिड अस्पतालमा वैशाख २८ गते तोडफोड भएको छ ।एक जना कोभिड सङ्क्रमितको मृत्यु भएपछि मृतकका आफन्त लगायतको समूहले अस्पतालमा तोडफोड गरेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेण्डेण्ट डाक्टर प्रमोद यादवले बताउनु भएको छ ।

डाक्टर यादवको अनुसार उक्त समूहले अस्पतालमा हालै जडान गरिएको तीन ओटा भेण्टिलेटर तोडफोड गरेको छ ।

सो समूहले गरेको तोडफोडबाट अस्पतालको वार्डमा जडान गरिएको तीन भेण्टिलेटरसहित अन्य उपकरणहरूमा समेत गरी करिब १ करोड ५० लाख रुपियाँ बराबरको क्षति पुगेको डाक्टर यादवले बताउनु भएको छ ।

डाक्टर यादवले भन्नु भयो–‘आज साँझ ५ः३० बजे तिर महोत्तरीको जलेश्वर अस्पतालबाट रेफर गरिएको एक जना ५५ वर्षीय कोभिड सङ्क्रमित उपचारका लागि ल्याइएकोमा उनलाई तत्कालै भेण्टिलेटरको आवश्ययकता देखिएपछि भेण्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । तर, उपचारकै क्रममा केही समयमा नै उनको मृत्यु भयो । उनको मृत्यु भएको खबर पाएपछि मृतकका आफन्तसँगै रहेका केही व्यक्तिहरूले भेण्टिलेटर तोडफोड गरे ।’

उहाँले अस्पतालमा स्वास्थ्यकर्मी उपर भएको दुर्व्यवहार र तोडफोडको घटनापछि स्वास्थ्यकर्मीहरूले अहिले अस्पताल छोडेर हिँडेको बताउनु भयो ।यस्तो महामारीको बेला समेत ज्यानको बाजी लगाएर बिरामीलाई सेवा गर्दै आएपनि आफ्नो शान्ति सुरक्षाको सुनिश्चितता नभएकाले सुरक्षाको सुनिश्चितता नभएसम्म काममा नफर्किने स्वास्थ्यकर्मीले बताएका छन् ।तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र मिश्रले बताउनु भयो ।


अजयकुमार साह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports