Incident Reports

लकडाउनका कारण घरेलु कामदार र बृद्धबृद्धा बढी प्रभावित

2021-05-13

केहि समय अघिसम्म मन्जु  थापा काठमाडौँको स्वयम्भुस्थित एउटा घरमा घरेलु  काम गर्थिन् ।  तर सरकारले घोषणा गरेको  दोस्रो लकडाउन  पछाडी उनि १० वर्षदेखि काम गरिरहेको  घरका घरबेटीले बोलाएर उनलाई केहि पैसा र एक बोरा चामल थमाईदिए र निषेधाज्ञा  जारि रहिन्जेलसम्म काममा नआउन भने । दुई  बच्चाकि आमा रहेकी उनलाई  घरबेटीले काममा न आउन  भनेको कारण निषेधाज्ञा मात्र थिएन  कोरोना संक्रमण  डर पनि थियो । काम नपाएपछि उनलाई अहिले खान लाउनको चिन्ता बढी छ ।

त्यसैगरी बखुन्डोलको एउटा  घरमा भाँडा माझ्ने , घर पोछा  लगाउने र वसिङ्ग मेसिन चलाउने काम गर्ने  ३७ बर्षिया अन्जु नाम गरेकी महिला पनि डराई  डराई  साहुको घरमा काम गर्न जाने गर्छिन् । घरमा डिप्रेसन भएकी छोरि समेत रहेकी उनले  काम गरेबापत घरमालिकले दिने मासिक १० हजार रुपैंयाबात चोरीको औषधि खर्च  र घरबहाल तिर्नुपर्ने दायित्व छ । ' म त्यसैकारण पनि काम छाड्न सक्दिन , ' उनले भनिन् ।

गत हप्ता मात्र एक  ८० बर्षीय बृद्दा जसका छोराछोरी सबै अमेरिकामा थिए उनि बितिन् । घरको तल्लो तला भाडामा लगाएर आफुं माथिल्लो तलामा बस्ने उनको मृत्यु भएको चार दिनपछि मात्र भाडामा बस्नेले थाहा पाए ।

पार्किन्सन रोगको पहिलो चरणले छोएका ७५ बर्षिया उमेश नाथ सिग्देल र उनीकी ६२ बर्षीय श्रीमती ६२ बर्षिया सैलाजा शर्मा पनि आफ्नो घरमा आउने घरेलु कामदार बाहिर  कतै कोरोना संक्रमित भएर आफुँलाइ सर्छ  कि भन्ने त्रासमा रहेका छन् ।  

जेष्ठ  नागरिक संघर्ष समितिका अध्यक्ष समेत रहेका महाप्रसाद अधिकारीक अनुसार अहिले घरेलु कामदारका रुपमा कम गर्ने महिला र  संगसंगै छोराछोरी बिदेसमा रहेका जेष्ठ  नागरिकहरु कोरोनाबाट  बढी प्रभावित रहेको बताउंछन् ।


0 Comments

Related Reports