Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-05-14

Madhes, Parsa, Birgunj

नौ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका–२० का २२ वर्षीय सरोज चौरसियालाई जेठ १ गते घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो ।

पीडित बालिकालाई आरोपितले वैशाख ३१ गते दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । बालिकाले आफूसँग भएको दुर्व्यवहारबारे आफ्नो अभिभावकलाई भनेपछि आरोपितविरूद्ध अभिभावकले जेठ १ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए ।

चौरसियालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

कृष्णचन्द्र लामिछाने

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments