Incident Reports

No translation available.

2014-07-08

Karnali, Humla, Adanchuli

Mim Singh Nepali हुम्ला । ०७१ असार २५ गते कालिका र मैला गाविसका स्थानीयवासीलाई गाविस सचिवले तीन वर्षेदेखि सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराएको भन्दै स्थानीयवासीले गाविस सचिवलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लामा असार २४ गते उजुरी दिएका छन् । गाविस सचिव कालीबहादुर हमालले तीन वर्षेदेखि सामाजिक सुरक्षा भत्ता अन्तरगत बाल भत्ता, वृद्वावृद्वा भत्ता, अपाङ्ग लगायतका भत्ता नदिएको भन्दै त्यस क्षेत्रका स्थानीयवासी चार दिन पैदल हिडेर जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि उजुरी दिएका हुन् । गाविस सचिव गाउँमा नजाने जिल्ला सदरमुकाम सिमकोटमा केही टाठाबाठालाई रकम दिने र कागजात मिलाएर जिल्ला विकास समितिमा पेश्की फस्र्यौट गर्ने गरेको र आफूहरुलाई तीन वर्षम्म भत्ता नदिएको भन्दै उजुरी दिएको मैला गाविसकी स्थानीयवासी रत्न तामाङ्गले बताइन् । छानबिनका लागि निवेदन दिएपछि गाविस सचिव हमाल र स्थानीय विकास अधिकारी शिवप्रसाद रिजाललाई कार्यालयमा असार २४ गते नै बोलाएर छलफल गरिएको प्रहरी कार्यालय हुम्लाले जानएको छ । दुवै पक्ष बसेर छलफल गर्दा अबको आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता जिल्ला विकास समितिबाट निकासा गरी गाविस सचिवको रोहवरमा तेश्रो पक्ष र स्थानीयवासी मार्फत वितरण गर्ने सहमती भएको स्थानीय विकास अधिकारी रिजालले बताए । विगत चार वर्षेखि काम गर्दै आएका गाविस सचिवले आफूले केही व्यक्तिलाई रकम वितरणको जिम्मा दिए पनि जिम्मा दिएका ब्यक्तिले गाउँमा रकम वितरण नगरेको प्रतिकृया दिए । यस सम्बन्धमा जिल्ला विकास समितिको कार्यालयमा पटक/पटक जानकारी गराउँदा सुनुवाइ नभएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको स्थानीयवासीले बताए । मिमसिहं नेपाली

0 Comments

Related Reports
Related Trend Analysis