Incident Reports

प्रदेश २ का मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको राजीनामा माग्दै प्रदर्शन

2021-05-15

Madhes, Dhanusha, Janakpur

१ जेष्ठ २०७८, शनिबार

धनुषा । जनकपुरमा सरकारी अस्पतालले कोरोना संक्रमित विरामीलाई बेवास्ता गरेकै कारणले मर्नु परिरहेको आरोप लगाउदै तत्काल मुख्यमन्त्री, सामाजिक विकास मन्त्री र मेडिकडल सुपरिटेन्डेन्टको मागमा प्रदर्शन भएको छ ।

प्रादेशिक अस्पताल जनकपुर अगाडि आज अस्पतालको लापरवाही बढेको भन्दै नेविसंघ धनुषाले प्रदर्शन गरेको हो ।कोरोनाको कोरोना उपचार नि:शुल्क गर, आक्सिजनको ग्यारेन्टी गर, मुख्यमन्त्री राजीनामा गर, सामाजिक विकास मन्त्री राजीनामा गर सहितका प्लेकार्ड बोकेको विद्यार्थीहरुले अस्पतालको मूल गेट अगाडि नै प्रदर्शन गरेका थिए ।प्रादेशिक अस्पतालमा मेसुको कार्यशैली संग असन्तुष्टि ब्यक्त गर्दै शनिवार अपरान्ह १ बजे देखि२ बजे १ घण्टा सम्म युवाहरुले प्रदर्शन गरेको छ ।

उपचार अभावमा दिनदिनै संक्रमित विरामीहरु ज्यान गुमाइ रहेको भन्दै नेविसंघका नेता सोनु निधिले अविलम्ब मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकास मन्त्री नवलकिशोर साह, मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोदक कुमार यादवको राजीनमा माग गरेका छन्

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth na
National/Online Media

0 Comments