Incident Reports

बारामा खेल्न निस्केका दुईबालकको घाँटी रेटेर हत्या, मदरसामा भेटियो शव

2021-05-17

Madhes, Bara, Kalaiya, Ward 7

बारामा खेल्न निस्केका दुई जना बालकको घाँटी रेटेर हत्या भएको छ ।कलैया उपमहानगरपालिका– ७ स्थित सरंगापुर बस्ने ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको विभत्स हत्या भएको हो ।सोमबार साँझ ७ बजे खेल्न निस्केका दुबै बालकको शव विभत्स हत्या भएको अवस्थामा स्थानीय मदरसामा मंगलबार बिहान फेला परेको हो । अबेर रातिसम्म बालक घर नफर्किदा खोजविन भएको थियो ।

खोजविनको क्रममा हत्या भएको अवस्थामा शव भेटिएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।अहिले प्रहरीको टोलि घटनास्थल पुगेर घटनाको अनुसन्धान थालेको छ । प्रहरीले केहि शंकास्पद व्यक्तिहरुलाई पक्राउ समेत गरको छ ।

Update

बारामा बालक हत्याको आरोपमा एक जना पक्राउ

९ जेठ, वीरगञ्ज । बाराको कलैयामा दुई बालकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले कलैया उपमहानगरपालिका–७ रंगपुर टोलका २५ वर्षीय फरमुल्लाह अन्सारीले बालकद्वयको हत्या गरेको दावी गरेको छ ।

४ जेठमा स्थानीय गफार अन्सारीका दुईवटा छोरा उसमान अन्सारी र अमान अन्सारीको हत्या भएको थियो । उनीहरुको शव कलैया–११ रंगपुरस्थित मदरसा सल्फिया कन्जलुमको निर्माणाधीन भवनको कोठामा भेटिएको थियो ।

सोमबार बलुका ७ बजे सँगै घरबाट निस्किएका उनीहरुको मंगलबार बिहान ८ बजे शव भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको थियो । घटनाको पाँचौ दिनमा प्रहरीले अभियुक्त सार्वजनिक गरेको हो ।

मृतकहरुका बाबु अब्दुल ३ वर्षदेखि वैदेशिक रोजगारको क्रममा कतारमा छन् । घरमा आमा, दिदी, बहिनी र मृतक दुई बालक बस्दै आएका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 2
Youth Killed 2
National/Online Media

0 Comments