Incident Reports

श्रीमतीको हत्या गरी खाल्डोमा पुरेको आरोपमा श्रीमान् र ससुरा पक्राउ

2021-05-15

Bagmati, Kabhrepalanchok, Chaurideurali, Ward 9

काभ्रेको  चौँरीदेउराली गाउँपालिका– ९ गोठपानीमा श्रीमती हत्या गरी खाल्डोमा पुरेको आरोपमा प्रहरीले मृतकका श्रीमान् र ससुरालाई पक्राउ गरेको छ  । चौँरीदेउराली गाउँपालिका– ९ गोठपानी कालिमाटीकी २२ वर्षीया सुमिना गुरुङको शव प्रहरीले गाडिएको स्थानबाट उत्खनन गरी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार घटनामा संलग्न भएको आरोपमा मृतक महिलाका श्रीमान् २८ वर्षीय सोनाम लामा र ससुरा ६६ वर्षीय च्याङ्बा भनिने चन्द्रबज्र लामालाई नियन्त्रणमा लिइएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमा पठाएको र थप अनुसन्धान सुरु गरिएको खतिवडाले जानकारी दिए ।

घटना यस्तो छ 

प्रहरी नायव उपरीक्षक खतिवडाका अनुसार चौँरीदेउराली गाउँपालिका– ९ गोठपानीका सोनाम लामा र तनहुँ जिल्ला बन्दीपुर नगरपालिका– ४ लोहीकी सुमिना गुरुङको दुई वर्षअघि प्रेमविवाह भएको थियो । उनीहरू परिवारका साथमा घरमै बस्दै आएका थिए । उनीहरूको १८ महिनाको छोरा पनि छन् ।

अन्तर्जातीय, पारिवारिक बेमेलका कारण उनीहरूबीच केही समयदेखि झगडा हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुमिना ०७८ जेठ १ गते दिउँसोदेखि गाउँबाट हराएकाले स्थानीयहरूको सहयोगमा खोजतलास सुरु गरिएको थियो । माइतीमा पनि सुमिनाका बाबु विष्णुबहादुर गुरुङ र आमा जुनु गुरुङलाई छोरी हराएकोबारेमा जानकारी गराइएको थियो । मृतकका श्रीमान् लामाले आफ्नो श्रीमती हराएको भन्दै स्थानीय प्रहरी चौकीमा निवेदन दिएका थिए । मृतकका माइती तथा बुबाआमाले ज्वाइँमाथि शंका गरिरहेका थिए । त्यही निवेदन र माइती पक्षको शंकाको आधारमा प्रहरीले खोजतलास गरिरहेको थियो । 

प्रहरीले सूचनाको आधारमा जेठ ५ गते बुधबार लामालाई नियन्त्रणमा लिएपछि गाडेको रहस्या खुल्यो । प्रहरीले लामालाई गाडिएको स्थान देखाउन भनेपछि लामाले श्रीमती गाडेको स्थानमा पुर्‍याए । गाडिएको ठाउँबाट मृतक गुरुङलाई निकाली पोस्टमार्टमका लागि अस्पताल पठाएर मृतकका श्रीमान् र ससुरालाई पक्राउ गरी अनुसन्धान गरिरहेको खतिवडाले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Secondary Cause Ethnic or caste-based collective tensions
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments